छविलाल जोशीको बयान आज पनि जारी
काठमाडौं, माघ ७ । पूर्वडीआईजी छविलाल जोशीसँग आज पनि काठमाडौं जिल्ला अदालतमा बयान हुँदैछ । स्वर्णलक्ष्मी सहकारीको रकम ठगी प्रकरणमा पक्राउ परेका जोशीको आइतबार बयान नसकिएपछि आज पनि हुन लागेको हो । उनलाई आइतबार काठमाडौं प्रहरी परिसरमा राखिएको थियो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासमा उनको बयान भइरहेको छ । आइतबार उनी आफैैं अदालत उपस्थित भएका थिए ।
आजको बयान सकिएपछि जोशीलाई धरौटीमा छाड्ने कि पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश हुनेछ ।
प्रकाशित मिति: सोमबार, माघ ७, २०८१ १२:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय