यौन दुर्व्यवहारको अभियोगमा इनड्राइभका चालक पक्राउ
काठमाडौं, माघ ९ । प्रहरीले यौन दुर्व्यवहार गरेको अभियोगमा राइड सेयरिङ सेवा प्रदायक कम्पनी इनड्राइभका एकजना चालकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा चितवनको नारायणी नगरपालिका–४ बस्ने २५ वर्षीय प्रबिन बराल रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “इनड्राइभका चालक बरालले यौन दुर्व्यवहार गरेको भन्ने पीडितको उजुरीका आधारमा आज उनलाई काठमाडौँबाट पक्राउ गरिएको हो ।”
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताउनुभयो । (RSS)
---
प्रकाशित मिति: बुधबार, माघ ९, २०८१ ०८:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय