Kath Khabar
रवि लामिछानेको रुपन्देही जिल्ला अदालतमा थुनछेक बहस जारी

                     बुटवल, माघ १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेको रुपन्देही जिल्ला अदालतमा थुनछेक बहस जारी छ । न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा मुद्दा चलिरहेको छ ।

आजको मुद्धामा नेपाल सरकारको तर्फबाट पाँचजना वकिलहरुले बहस गर्दैछन् । त्यसपछि रवि लामिछानेका निजी कानुन व्यवसायीहरुले वहस गर्नेछन् ।

बुटवलको सर्वोच्च बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना मुद्दामा बयान दिन अदालतमा उपस्थित भएका हुन् । यसअघि  कास्की प्रहरी हिरासतमै रहेका बेला पक्राउ पुर्जी पाएपछि यसअघि उनलाई कात्तिक २७ गते बुटवल लगेर बयान गराइएको थियो । उक्त मुद्दामा सहकारीका १ हजार ८३१ निक्षेपकर्ताको ८६ करोड १८ लाख रुपैयाँ हिनामिना गरेको आरोप उनीमाथि छ ।

यसअघि लामिछानेले कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटीमा धरौटी बुझाएर रिहा भएका थिए ।

 

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update