Kath Khabar
सकिएन आज पनि रविको थुनछेक बहस

                    रुपन्देहीं, माघ १० ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको मुद्दामा आजको बहस सकिएको छ । आज लामिछानेका वकिलहरूको तर्फबाट बहस गर्न पर्याप्त समय नभएकोले मुद्धा हेर्दाहेर्दैमा राखिएको हो । 

जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बहस चलिरहेकाे छ । आज सरकारी वकिलहरू र जाहेरवालाका तर्फबाट दिनेश त्रिपाठीले बहस गरेका छन् ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणका प्रतिवादी लामिछाने बुधबार अदालत उपस्थित भएका थिए । आज पनि उनलाई परिवारको जिम्मा लगाउने आदेश भएको जानकारीमा आएको छ । हिजो पनि लामिछानेलाई परिवार र उहाँका वकिलको जमानीमा छाडिएको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update