वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर
-1737713177.jpeg)
काठमाडौं, माघ ११ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ । बिहीबार उदयपुर घर भई काठमाडौँ बस्ने दिलकुमार राईले त्रिपाठीविरुद्ध निवेदन दिएका थिए ।
त्रिपाठीले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीले सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश दिएको विषयमा प्रश्न उठाउँदै अन्तर्वार्तामा असंवेदनशिल टिप्पणी गरेको भन्दै उनीविरूद्ध मुद्दा दायर गरिएको हो ।
उनले अन्तर्वार्तामा न्यायाधीशमाथि कार्यक्षमतामाथि प्रश्न उठाएर टिप्पणी गरेको आरोप छ।
प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१ १५:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय