Kath Khabar
कस्तो रहनेछ आजको मौसम ?

                     काठमाडौं, माघ १३ ।  हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ ।

कोशी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।

आइतबार दिउँसो  बागमती, कोशी तथा गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ भने तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति कोशी, बागमति र गण्डकी पहाडी र हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौमस सफा रहने छ।

बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ  ।

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  ०७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update