Kath Khabar
रवि लामिछाने आज पनि अदालत उपस्थित हुँदै

                      रुपन्देही, माघ १३ । बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज आइतबार पनि अदालत उपस्थित हुँदैछन् ।  लामिछानेको शुक्रबारको बहस नसकिएपछि आज पुनः उपस्थित हुने गरी परिवारको जिम्मा लगाइएको थियो । न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा थुनछेक बहस भइरहेको छ ।

शुक्रबार जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र आरसी गौतमले बहस गरेका थिए । आज प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठसहित वकालतनामा लेखाएका वकिलले बहस गर्नेछन् ।

सम्भवतः आज थुनछेकको फैसला आउने सम्भावना रहेको स्रोतले जनाएको छ ।

 

 

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update