Kath Khabar
तुलसीपुर मेट्रो कलेजद्धारा प्रदेश स्तरीय मुटकोर्ट प्रतियोगिता आयोजना


                    तुलसीपुर, माघ १३ । तुलसीपुर मेट्रो कलेजले प्रदेश स्तरीय मुटकोर्ट प्रतियोगिता आयोजना गरेको छ  । तुलसीपुरका ब्यवसायी स्वर्गिय विष्णु केसीको सम्झनामा आयोजना गरिएको प्रतियोगितामा लुम्बिनी प्रदेशभरका कानुन अध्यापन हुने कलेजहरुको सहभागिता रहेको छ । प्रतियोगितामा ८ वटा समुहले प्रतिष्पर्धा गर्दैछन् ।  

यसैविच ३ दिनसम्म चल्ने प्रतियोगिताको नगरप्रमुख टिकाराम खड्काले उद्घाटन गर्नुभएको छ । नगरप्रमुख खड्काले विद्यार्थीमा वकालत गर्ने क्षमताको विकास गर्नका लागि प्रतियोगिता फलदायी हुने बताउनुभयो । उहाँले बहसले न्याय सम्पादनमा महत्वपूर्ण भुमिका बहन गर्ने समेत बताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजालले कानुनका विद्यार्थीहरु संवेदनशिल हुनुपर्ने बताउँदै कलेजले प्रतियोगिताको आयोजना गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा अधिवक्ता अनुज चन्द, विद्यार्थी दुरविन वली लगायतले मन्तव्य राख्नुभएको थियो । कलेज प्रमुख बसन्त आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक विजय पोख्रेलले कार्यक्रमका बारेमा प्रकाश पार्नुभएको थियो भने सहजिकरण अधिवक्ता प्रकृति कोइरालाले गर्नुभएको थियो ।

 

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update