रवि लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न जिल्ला अदालत रूपन्देहीको आदेश
बुटवल, माघ १३ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न जिल्ला अदालत रूपन्देहीले आदेश दिएको छ ।
न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा भएको थुनछेक बहसमा लामिछानेलाई अदालतले १ करोड धरौटीमा छाड्न आदेश दिएको हो ।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी र संगठित अपराध कसुरमा जिल्ला अदालत रूपन्देहीमा मुद्दा दर्ता भएको थियो।
यसअघि लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।
प्रकाशित मिति: आइतबार, माघ १३, २०८१ १९:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय