छुटे लगत्तै किन फेरी पक्राउ परिन् आशिका तामाङ
काठमाडौं, माघ १५ । आशिका तामाङ धरौटीमा रिहा भए लगतै फेरि पक्राउ परेकी छिन् । अभद्र व्यवहारको कसुरमा पक्राउ परेकी तामाङलाई काठमाडौं प्रहरीले १० हजार धरौटीमा रिहा गरे लगत्तै भक्तपुर प्रहरीले फेरी पक्राउ गरेको हो ।
पशुपति क्षेत्र विकास कोषको प्रतिवेदन र माघ ९ गते प्रहरी अनुसन्धानको आधारमा आशिकालाई सुरुमा गौशाला प्रहरी वृत्तले माघ २ गते पक्राउ गरेको थियो । उनी १२ दिन हिरासतमा थिइन् ।
भक्तपुरको जगातीस्थित प्रहरी वृत्तमा पनि उनीविरुद्ध मुद्दा भएका कारण उनलाई भक्तपुर प्रहरीले फेरी पक्राउ गरेको हो । आशिकाले भक्तपुरको साँगास्थित झोलुंगे पुलमा टिकट जलाएको, दररेटको पोस्टर च्यातेको, त्यहाँका कर्मचारीलाई दुर्व्यवहार गरेको भन्दै उनीविरुद्ध प्रहरीमा उजुरी परेको थियो ।
प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१ १६:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय