Kath Khabar
ओखलढुंगामा बिरामी बोकेको सुमो दुर्घटना, एकै परिवारका तीन जनाको मृत्यु

                                     ओखलढुंगा, माघ १७ । ओखलढुंगाको माने भञ्ज्याङमा सुमो दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

खोटाङ दिक्तेलबाट बिरामी लिएर काठमाडौंको लागि छुटेको सुमो हर्कपुर नजिक भडारे खोलामा गएराती दुर्घटना भएको हो । करिब ६ः३० बजे ना१ज ६४२१ नम्बरको सुमो दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । स्थानीयहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सुमोमा सवार बिरामी सहित ३ जना ५६ वर्षीया माया देवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र उनकी बहिनी ४५ वर्षीया तारा गुरुङको घटनास्थलमै मृत्यु भएको छ ।

चालक सुनसरी जिल्लाको इनरुवा निवासी वर्ष २२ का अनिल पण्डित फरार छन् ।  उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update