Kath Khabar
अमेरिकामा यात्रुवाहक विमान र सेनाको हेलिकप्टर ठोक्किँदा १८ जनाको मृत्यु

                     वासिङ्टन डिसी, माघ १७ । अमेरिकाको राजधानी वासिङ्टन डिसीमा बुधबार राति अमेरिकी एयरलाइन्सको विमान र सेनाको हेलिकप्टर ठोक्किँदा १८ जनाको मृत्यु भएको छ ।

उक्त विमानमा ६४ जना सवार थिए, जसमा ६० जना यात्रु र ४ जना चालक दलका सदस्य थिए । अमेरिकी एयरलाइन्सको एक विमान र अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर आकाशमै ठोक्किएका थिए । घटना रोनाल्ड रेगन एयरपोर्ट नजिकै भएको हो, दुर्घटनापछि दुवै पोटोम्याक नदीमा खसेका थिए ।

युएस एयरलाइन्सको CRJ700 Bombardier जेट र आर्मीको ब्ल्याक हक (H-60) हेलिकप्टर बीच दुर्घटना भएको हो । अमेरिकन एयरलाइन्सको जेट कन्सास राज्यबाट वासिङ्टन आउँदै थियो । कम्पनीले राति ९ बजेपछि दुर्घटना भएको पुष्टि गरेको छ । चिसो नदीमा अन्य व्यक्तिहरूपनि जिवित भेटिने सम्भावना नरहेको जनाइएको छ ।

सीएनएनका अनुसार मानिसको उद्धार गर्न पोटोमाक नदीमा गोताखोरहरू खटाइएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १४:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update