Kath Khabar
यि लक्षण देखियो भने हुनसक्छ भिटामिन डी को कमी

           

                      काठमाडौं, माघ १७ । हाम्रो शरीरमा भिटामिन डीको ठूलो महत्व छ । शरीरमा भिटामिन डी हुँदा मात्रै क्याल्सियम प्राप्त हुन्छ । अन्यथा, जतिसुकै क्याल्सियमयुक्त पदार्थ खाए पनि क्याल्सियमको कमी पुर्ण हुँदैन।

यसबाहेक भिटामिन डीको कमी भएमा रोग प्रतिरोधात्मक क्षमता कमजोर रहन्छ जसका कारण हामी सधैं बिरामी पर्छौ । भिटामिन डीको कमीले शरीरमा सधैं दुखाइ र कमजोरी निम्त्याउँछ। शरीरमा भिटामिन डीको कमी हुँदा पूरै शरीर दुख्न थाल्छ । यसमा हड्डी कमजोर हुन थालेको कारण कम्मर र ढाडमा बढी दुख्ने गर्छ । यससँगै मानिसलाई निकै थकान महसुस हुन थाल्छ । राम्रोसँग निन्द्रा पनि लाग्दैन ।

भिटामिन डीको कमी भएमा यसले शरीर मात्र होइन दिमागमा पनि असर गर्छ । जसका कारण तपाईको मुड परिवर्तन हुन थाल्छ र तपाईलाई हरेक कुरामा रिस उठ्न थाल्छ, मूड परिवर्तन हुन्छ। यसको कमी लामो समयसम्म रह्यो भने डिप्रेसनको जोखिम बढ्छ । भिटामिन डीको कमीले रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएमा संक्रामक रोगको जोखिम बढ्छ । जसका कारण श्वासप्रश्वासमा समस्या हुन थाल्छ । भिटामिन डीको कमीले घाउ निको हुन लामो समय लाग्छ । मुखमा छाला भए पनि निको हुन धेरै समय लाग्छ । त्यसैले यस्ता लक्षण देखिएमा भिटामिन डीको कमी भएको बुझ्नुहोस् ।

यदि भिटामिन डी को कमी छ भने हामीले घाम नुहाउनु पर्छ । दिनमा कम्तिमा आधा घण्टा घाममा बस्नुपर्छ । घाममा बस्दा जति कम लुगा लगाउने हुन्छ, घामको किरण छालामा सोसिन्छ । भिटामिन डीको सबैभन्दा ठूलो स्रोत सूर्यको किरण हो तर यो केही खानेकुराबाट पनि प्राप्त गर्न सकिन्छ।

च्याउ, सोया मिल्क, ताेफु, चिज, फोर्टिफाइड फूड, पालककाे साग, चिया सीड, आदिबाट पनि भिटामिन डीको केही मात्रा प्राप्त गर्न सकिन्छ। यसबाहेक मांसाहारीहरूले अण्डाको पहेँलो भाग र माछाको सेवन गर्नुपर्छ ।

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update