आज एकैदिन प्रतितोला २३ सय रूपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं, माघ १८ । आज सुनको मूल्यमा एकैदिन प्रतितोला २३ सय रूपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य प्रतितोला ३० बढेर एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला एक हजार आठ सय ८५ रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१ १२:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय