Kath Khabar
ठमेलको एक घरमा आगलागी, ६५ लाखको क्षति


                काठमाडौं, माघ १९ ।  स्थानीय ठमेलको एक घरमा आज बिहान आगलागी हुँदा रु ६५ लाख बराबरको धनमाल नष्ट भएको छ ।

काठमाडौँ महानगरपालिका–२६ ठमेलका भविश्वर शर्माको घरको दोश्रो तलामा निजले सञ्चालन गरेको ‘सोना बाथ’मा विद्युत् चुहिँदा आगलागी भएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

प्रहरीले स्थानीय र दमकलको सहयोगमा आगो निभाएको थियो । आगो लाग्ने बित्तिकै सूचना प्राप्त भएकाले अधिक क्षति नभएको बताइएको छ ।
---

 

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  १९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update