Kath Khabar
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?


                     काठमाडौं, माघ २२ । स्थानीय बजारमा सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजार ९०० ले बढेर रु एक लाख ६४ हजार ७०० कायम भएको छ ।

आज चाँदीको मूल्य प्रतितोला रु २० ले बढेर रु एक हजार नौ सय ३० कायम भएको जनाइएको छ । सोमबार सोही परिमाणको चाँदी रु एक हजार ९१० मा कारोबार भएको थियो ।

 

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update