Kath Khabar
काठमाडौं आइपुगिन् बेलायती राजकुमारी सोफिया, राजकुमार एडवार्ड पनि आउँदै

                   काठमाडौं, माघ २२ ।  बेलायतकी राजकुमारी सोफिया मंगलबार नेपाल आइपुगेकी छन् । उनी बिहान त्रिभुवन विमानस्थलमा अवतरण भएकी हुन् ।

राजकुमार एडवार्ड पनि आजै नेपाल आउँदैछन् । केही समयपछि उनी काठमाडौँमा अवतरण हुने बताइएको छ ।

राजकुमारी सोफियालाई परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीहरूले स्वागत गरेका थिए । एयरपोर्टबाट राजकुमारी लैनचौरस्थित बेलायती दूतावास गएकी छन् ।  कार्यतालिका अनुसार राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न उनीहरु अपराह्न ४ः१५ बजे शीतल निवास जानेछन् ।

शाही दम्पतीको नेपाल भ्रमण युवा सशक्तीकरण, स्वास्थ्य सेवा, महिला अधिकार र संरक्षणमा केन्द्रित हुनेछ ।  नेपालमा उनीहरूकाे ६ दिन बस्ने कार्यतालिका रहेको छ ।

 

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update