कन्सर्ट गर्न सिलिगुढी पुगेको सविन राईको टिम स्क्याममा !
काठमाडौं, माघ २२ । चर्चित गायक सविन राई र उनको ब्याण्ड ठगीमा परेको छ । भारतको सिलिगुढीस्थित सुकनामा कन्सर्टको लागि पुगेका उनीहरु आयोजक सम्पर्कविहिन भएपछि प्रस्तुति दिन नपाएको गुनासो गरेका छन् । ब्याण्डले सामाजिक सञ्जालमा एक भिडियो जारी गर्दै आफू ठगीमा परेको जनाएको हो ।
सुकनामा आइतवार प्रदर्शनको लागि तय भएको कन्सर्टमा कार्यक्रम आयोजकले ठगी गरेकोले आफूहरु अलपत्र परेको बताएका छन् । गायक स्वप्निल शर्माले पनि धेरै प्रयास गर्दा पनि आयोजकहरूको अनुहार पनि नदेखेको उनीहरुले बताएका छन् ।
"यसका लागि हामी सबै प्रशंसक र समर्थकहरूसँग माफी चाहन्छौं । आशा गरौँ, भविष्यमा कलाकारहरूले यस्तो ठगीको सामना गर्नु पर्ने छैन", राइले भनेका छन् ।
प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१ १६:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय