Kath Khabar
तीन हजार एक सय २५ जनामा कोभिड १९ को संक्रमण पुष्टि

काठमाडौं, साउन १८ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा घण्टामा थप तीन हजार एक सय २५ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार यस अवधिमा देशभरका प्रयोगशालाहरुबाट १३ हजार आठ सय ११ वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । 

यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार यो समेत गरी नेपालमा कोभिड १९ को संक्रमणबाट मृत्युु हुुनेहरुको कुुल संख्या नौ हजार आठ सय ९८ पुुगेको छ । पछिल्लो २४ घण्टामा एक हजार नौ सय २५ जना कोभिड १९ को संक्रमणबाट मुक्त भएको मन्त्रालयले जनाएको छ ।  

यसैबिच काठमाडौ उपत्यका भने पछिल्लो २४ घण्टामा सात सय ७० जना संक्रमित थपिएकाछन् । जसमध्ये काठमाडौं जिल्लामा पाँँच सय ५६, ललितपुरमा एक सय १५ र भक्तपुरमा ९९ जना संक्रमित थपिएका हुुन् । मन्त्रालयका अनुसार यो समेत गरी काठमाडौं उपत्यकामा सक्रिय संक्रमितहरुको संख्या आठ हजार आठ सय ९५ पुुगेको छ भने देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार छ सय २९ पुगेको छ ।    

प्रकाशित मिति: सोमबार, साउन १८, २०७८  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update