रक्षामन्त्रीको गाडीले मोटरसाइकललाई ठक्कर दिएपछि ..

काठमाडौं, माघ २७ । काठमाडौंको माइतीघरमा रक्षामन्त्री मानवीर राई चढेको गाडीले रोकिराखेको एउटा मोटरसाइकललाई ठक्कर दिएको छ । आइतबार बिहान १ः१५ बजेतिर रक्षामन्त्री राई चढेको गाडीले ९२७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
प्रत्यक्षदर्शीका अनुसार मन्त्रीको गाडीले मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकललाई ठक्कर दिएर गाडी सिंहदरबार तर्फ गएको चालकले रक्षामन्त्रीलाई मन्त्रालयमा छाडेर फर्किएर मोटरसाइकल चालकसँग सहमती गरेका छन् ।
प्रहरीका अनुसार मोटरसाइकलको लुकिङग्लास लगायतमा सामान्य क्षति भएको छ ।
प्रकाशित मिति: आइतबार, माघ २७, २०८१ १३:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय