फर्पिङमा स्कुल बस दुर्घटना, दुई जनाको मृत्यु
1696224608.jpg)
काठमाडौं, माघ २७ । काठमाडौँको दक्षिणकाली नगरपालिका–३ फर्पिङमा आज स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
यहाँको भन्ज्याङमा जुनकिरी इग्लिस स्कुलका करिब ५० जना विद्यार्थी बोकेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको र अन्य विवरण खुल्न बाँकी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो ।
उहाँले विद्यार्थीको उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको बताउनुभयो । प्रहरी उद्धारकै क्रममा रहेको पनि प्रहरीले जनाएको छ ।
---
प्रकाशित मिति: आइतबार, माघ २७, २०८१ १९:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय