Kath Khabar
देवघाटतर्फ तीर्थयात्री बोकेर जाँदै गरेको बस धादिङमा दुर्घटना हुँदा एक जनाको मृत्यु, २३ जना घाइते

 

                     धादिङ, माघ २७ । भक्तपुरबाट चितवनको देवघाटतर्फ तीर्थयात्री बोकेको बस धादिङको थाक्रे गाउँपालिका–७ सातकिला नजिक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् ।

आइतबार राति करिब १० बजे बा ३ ख ८९२३ नं को बस आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परेर दोलखा भिरकोट गाउँपालिका बस्ने ५० वर्षीय पार्बती काफ्लेको नेपाल प्रहरी अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरुमध्ये २ जना गम्भिर घाईते भएका छन् भने १४ जना सामान्य घाइते तथा ७ जनालाई सामान्य चोटपटक लागेको प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई धार्केको साईबाबा अस्पताल, धादिङको बासबारी न्युरो अस्पताल, ट्रमा सेन्टर, नेपाल प्रहरी अस्पताल, काठमाडौं लगायतका विभिन्न अस्पतालमा लगिएको छ ।

 

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update