Kath khabar
चकिर्यो नेंवाङ र अल्मुताइरीको विवाद

काठमाडौं, साउन १९ । अखिल नेपाल फुटबल संघ एन्फामा हरेक दिन नयाँ नयाँ घटना हुन थालेका छन् । कुरा मैदानको होइन, कुरा एन्फा कार्यसमिती, पदाधिकारी, मुख्य प्रशिक्षक र विवादको हो । यस्तै यस्तै बिच सोमबार प्रवत्ता किरण राईले राजीनामा दिनु भयो । वरिष्ठ उपाध्यक्ष पकंज नेंवाङ र मुख्य प्रशिक्षक अल्मुताइरीको विवादमा एन्फा चुकेको कारण आफुले राजीनामा दिएको उहाँको भनाई छ ।

गत शुक्रबार एन्फाले आपत् कालिन बैठक बोलाएको थियो । जसको मुख्य मुख्य एजेन्डा थियो उपाध्यक्ष नेवांङ र प्रशिक्षक अल्मुताइरी बिचको विवाद । तर एन्फा आफैले आन्तरिक रुपमा छानविन गर्नुपर्ने भएपनि यसलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मामा दिएर आफु पन्छिएको थियो । यसमा उहाँको आपत्ती रहेको थियो । एन्फा भित्रको विवाद आफै सल्टाउनु पर्नेमा तेस्रो पक्षलाई जिम्मेवारी दिनु उचित नभएको भन्दै आज सातदोबाटोस्थित एन्फा कम्पलेक्समा उहाँले एक पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गर्नुभएको हो ।

एन्फाको केन्द्रिय सदस्य समेत रहनुभएका राइले प्रवक्ताको पदमा रहेर एन्फाको गलत निर्णयको विरोध गर्न नमिल्ने बताउनु भएको छ । विवाद समाधान नहुनु एन्पmाको नै कम्जोरी रहेको उहाँको भनाई थियो । साथै उहाँले कसैको पक्ष विपक्ष भन्दा नि फुटबलको पक्षमा रहेको बताउनु भएको छ ।

के हो त नेंवाङ र अल्मुताइरी विवाद ?

गत आइतबार विहान एघार बजेतिर अल्मुताइरीले आफ्नो आधिकारिक फेसबुक तथा ट्वीटर अकाउण्टबाट राजीनामा दिने घोषणा गर्नुभएको थियो । त्यो पनि वरिष्ठ उपाध्यक्ष नेवांङलाई कारण देखाएर । नेवाङले आफ्नो काममा बाधा पुर्‍याइरहेको आशयका साथ उहाँले स्टाटस लेख्नु भएको थियो । यो विषयले  आइतबार दिनभरी तनाव नै बनायो । त्यो दिन फेरी एन्फामा ए डिभिजन क्लब र पदाधिकारी बिच आपत्कालीन बैठक थियो । त्यही बेला आपत् थप्ने काम अल्मुताइरीको रह्यो ।

उहाँलाई एन्फामा बोलाइयो । न त मिडियामा बोल्न चाहनु भयो । न त एन्फासँग स्पष्ट धारणा नै पोख्नु भयो । उहाँले आफुलाई आराम चाइहेको बताउनु भयो । त्यही बेला त्यहाँ पुग्नु भएका नेंवाङले आफुले प्रशिक्षकको काममा केही नबोलेको बताउनुभयो । बरु अहिले सम्म फेसबुक मेसेन्जर भएको संवाद बारे भने उहाँले मोबाइलमा देखाउनु भयो । मेसेन्जरमा कुनै विवाद थिएन । शिष्टाचारिता देखिन्थ्यो । बरु मिडियामा एन्फाबारे सोचेर बोल्नका लागि महासचिवसामु प्रशिक्षकलाई सम्झाउन उहाँले करिब तीन हप्ता अघि बताएको बताउनु भयो । अल्मुताइरीले एक मिडियामा एन्फा पदाधिकारीको मानसिकता बदल्न पर्ने बताउनु भएको थियो । अल्मुताइरी समाजिक सञ्जालमा निकै सक्रिय हुनुहुन्छ ।

लोकप्रियताका साथै प्रचारमुखी रहेको आरोप एक थरीको आरोप छ । नेंवाङ यो विवाद बारे छानबिन गर्न माग गरिरहनु भएको छ भने यत प्रशिक्षकको पनि नेवाङको आशय के हो बुझेर सजाय दिन आग्रह गरिराख्नु भएको छ । साथै दुई मिडिया कर्मिले आफुमाथि गरेको र्दुव्यवहारबारे पनि छानविन गर्न एन्फा सामु उहाँले जिकिर गर्नु भएको छ । यस्तै यस्तै घटना हुँदै जाँदा साफ च्याम्पियनसिपको तयारीमा रहेको राष्ट्रिय फुटबल टिमका खेलाडीलाई पनि १० दिन विश्राम दिइएको छ । साथै एन्फाले अल्मुताइरी अर्को निर्णय नुहँदा सम्म क्याम्पमा आउन रोक लगाएको छ । यस्तै यस्तै घटनाबिच गत शनिबार सहायक महासचिवले पदबाट राजिनामा दिनु भएको छ । यो क्रम रोकिने हो या अर्को नयाँ मोड आउने हो त्यो भने केही दिनमा थाहा हुनेछ । 

प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८  ०७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update