शानदार मःम पसलमा आगलागी हुँदा घाइते भएका दुई मजदुरको उपचारका क्रममा मृत्यु
काठमाडौं, माघ २९ । काठमाडौंको कमलपोखरीस्थित शानदार मःम पसलमा आगलागी हुँदा घाइते भएका दुई मजदुरको मृत्यु भएको छ ।
गत बिहिबार ग्यास चुहावट भई लागेको आगलागीमा परी घाइते हुने रविन राई र भीमबहादुर घलेको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार राईको सोमबार मृत्यु भएको थियो भने घलेको मंगलबार मृत्यु भएको हो । आगलागीमा परी ११ जना घाइते भएका थिए । अन्य घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१ ११:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय