रवि लामिछानेलाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन

काठमाडौं, माघ २९ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध उच्च अदालतमा रिट दायर भएको छ ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको बचत रकम अपचलनको आरोपमा रास्वपाका सभापति रवि लामिछानेसहित चार जनालाई पुर्पक्षका लागि धरौटीमा छाड्ने आदेशविरुद्ध उच्च सरकारी वकिल कार्यालयले सोमबार उच्च अदालत पाटनमा निवेदन दायर गरेको हाे ।
जिल्ला अदालतको आदेश बदर गर्दै लामिछानेलाई थुनामा राख्ने माग गर्दै सोमबार निवेदन परेको हो । उनी कास्की, काठमाडौं, रुपन्देही र चितवन जिल्ला अदालतले धरौटीमा रिहा भएका थिए र तोकिएको धरौटी बुझाएर रिहा भएका हुन् ।
प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१ १४:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय