एकैदिन सत्ताइस सयले घट्यो सुनको मूल्य, कति पुग्यो कारोबार मूल्य ?
![एकैदिन सत्ताइस सयले घट्यो सुनको मूल्य, कति पुग्यो कारोबार मूल्य ?](https://www.kathkhabar.com/uploads/posts/gold-demand1710743544.jpg)
काठमाडौं, माघ ३० । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज एकैदिन सुन प्रतितोला रु दुई हजार ७०० ले घटेको हो ।
मङ्गलबार प्रतितोला सुन रु एक लाख ७० हजार २०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु एक लाख ६७ हजार ५०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसैगरी, चाँदी प्रतितोला रु १५ ले घटेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु एक हजार नौ सय ३० निर्धारण गरिएको छ ।
–––
प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१ ११:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय