Kath Khabar
बनभोज खाएर आउँदै गरेको स्कुलबस साँखुमा दुर्घटना हुँदा छ जनाको मृत्यु, ४० घाइते


                काठमाडौं, माघ ३० । काठमाडौँको शंखरापुर नगरपालिका–५ कात्तिकेस्थित साँखु–नगरकोट सडकखण्डमा आज साँझ  स्कुल बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । अन्य ४० घाइते भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा भिमसेनगोला बस्ने वर्ष १४ को सुशाङ्का डोटेल, १४ वर्षीय धिरज साउद, १३ वर्षीय सन्देश गिरि, ११ वर्षीय क्रिशल पुरी र १२ वर्षीय आदित्य सुनार रहेका छन् भने एक जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । उनीहरुको शंखरापुर अस्पताल, नेपाल मेडिकल कलेज र टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

चावहिलस्थित एसएस एकेडेमीले बनभोजका लागि रिजर्भ गरेको बा २ ख ७९५८ नम्बरको सुन्दरीमाई यातायातको बस ब्रेक फेल भइ अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

बनभोज खाएर नगरकोटबाट साँखुतर्फ आउँदै गरेको उक्त रिजर्भ बस साँझ ५ बजेतिर दुर्घटना भएको हो ।
---

 

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  २२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update