तोलामा दुई हजार तीन सयले बढ्यो सुनको मूल्य
![तोलामा दुई हजार तीन सयले बढ्यो सुनको मूल्य](https://www.kathkhabar.com/uploads/posts/gold-demand1708930585.jpg)
काठमाडौँ, १ फागुन | स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला रु दुई हजार ३०० ले बढेको हो ।
बुधबार प्रतितोला सुन रु एक लाख ६७ हजार ५०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु एक लाख ६९ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसैगरी, चाँदी प्रतितोला रु ३५ ले बढेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु एक हजार नौ सय ६५ निर्धारण गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१ ११:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय