Kath Khabar
फाखेल–मातातीर्थ सडक आगामी चैत २१ गतेसम्म बन्द

                     बागमती, फागुन ५ ।  हेटौँडा-काठमाडौँ जोड्ने फाखेल-मातातीर्थ सडक आइतबारदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ ।

मकवानपुरको इन्द्रसरोबर गाउँपालिका-५ का वडाध्यक्ष दुतराज तितुङले आज सूचना जारी गर्दै सडक मर्मतका लागि बन्द गरिएको जानकारी दिनुभएको छ । सो सडकअन्तर्गत महालक्ष्मी दोभान-घट्टेखोला-चखेल हुँदै मातातीर्थ जोड्ने सडकमा पर्ने देउराली मातातीर्थ खण्डमा सडक निर्माण भइरहेकाले बाटो बन्द रहने अध्यक्ष तितुङद्वारा जारी सूचनामा उल्लेख छ ।

सडक निर्माणका साथै सडक स्तरोन्नति भइरहेकाले यातायात साधनको आवतजावत बन्द गर्नुपरेको अध्यक्ष तितुङले बताउनुभयो ।  
---

 

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update