Kath Khabar
भारतमा भएको नेपाली छात्राको मृत्युका सम्बन्धमा सरकारले कूटनीतिक तवरबाट काम गरिरहेकोे छ : प्रधानमन्त्री

                  काठमाडौं, फागुन ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयको होस्टलमा एक नेपाली छात्राको मृत्यु भएको विषयमा सरकारले कूटनीतिक तवरबाट काम गरिरहेकोे बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत सो विषयमा सरकारले कूटनीतिक तवरले काम गरिरहेको बताउनुभएको हो ।
    
उहाँले सामाजिक सञ्जाल फेसबुकमा भन्नुभएको छ, “भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयको होस्टलमा एक जना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टलबाट जबर्जस्ती निकालेको कुरा सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत जानकारीमा आएको छ । यस विषयमा सरकारले कूटनीतिक तवरले काम गरिरहेको छ ।”

उक्त विश्वविद्यालयमा अध्ययरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु थियो ।
---

 

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update