माओवादी सरकार बनाउने र गिराउने दाउमा छैन : उपाध्यक्ष श्रेष्ठ

फुङ्लिङ (ताप्लेजुङ), माघ ७ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष तथा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले माओवादी पार्टी सरकार नयाँ सरकार बनाउन वा गिराउने दाउमा नरहेको बताउनुभएको छ । प्रेस सेन्टर ताप्लेजुङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले माओवादी केन्द्र अहिले सरकार बनाउने वा गिराउनेभन्दा पनि सङ्गठन बलियो बनाउने लागेको स्पष्ठ पार्नुभयो ।
उहाँले भन्नुभयो, “पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष कार्यकारी प्रणाली र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकारसँग वार्ता भइरहेको छ ।”
–––
प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१ १६:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय