काभ्रेको तेमालमा बस दुर्घटना, एक जनाको मृत्यु

काभ्रेपलाञ्चोक, माघ ८ । जन्ती पुर्याएर फर्किएको बस तेमाल गाउँपालिका–३ स्थित कुँडालमा आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार तेमाल गाउँपालिका–१ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । (RSS)
–––
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१ ११:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय