Kath Khabar
दक्षिणकाली जंगलमा लागेको आगलागी अझै नियन्त्रणमा आएन


                         काठमाडौं, माघ ८ । दक्षिणकालीको हातीवन जंगलमा डढेलो फैलिएको छ । दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले बुधबार साँझ ४, ५ बजेदेखि डढेलो लागेको बताउनुभयो । उहाँका अनुसार डढेलो निभाउने प्रयास गरिएपनि पूर्ण रुपमा निभाउन सकिएको छैन ।

हालसम्म नगरपालिकाको वडा नं ४, ३ र १ को जङ्गल क्षेत्रमा डढेलो फैलिएको र यसले ३० हेक्टर भन्दा बढी वनक्षेत्र जलिसकेको बताउनुभयो । अहिले नगर प्रहरी, जनपथ प्रहरी तथा स्थानीय उपभोक्ता आगो निभाउन खटिएका छन् ।

नगरप्रमुख बस्नेतले भन्नुभयो, “हिजो भन्दा डढेलो केही नियन्त्रणमा आएको छ तर ठूटामा सल्किएको आगो फेरि फैलिने डर कायमै छ ।” उहाँले सडक मार्गले काटेको क्षेत्र भएकाले बस्तीमा आगो सल्किने सम्भावना हाललाई टरेको बताउनुभयो । वडा नं ४ बाँसबारी क्षेत्रबाट आगो फैलिएको उहाँले जानकारी दिनुभयो ।

 

 

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update