Kath Khabar
काठमाडौं उपत्यकामा थप एक साता निशेधाज्ञा 

काठमाडौं, साउन १९ । काठमाडौं उपत्यकामा थप एक साता निशेधाज्ञा हुुने भएको छ । पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या पछिल्ला दिनमा बढिरहँदा काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप एक साता लम्व्याउने निर्णय गरिएको उपत्यकामा तिन वटै प्रमुुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निर्णय गरेको छ ।

उपत्यकाका तिन वटै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले साउन २७ गते मध्यरातसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रण सम्बन्धमा नेपाल सरकार (मन्त्रिपरिषद) को निर्णय, कोभिड-१९ साट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी एक साता निशेधाज्ञा थप गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ । 

बिज्ञप्तीमा उल्लेख भए अनुसार यसअघि निशेधाज्ञामा कायम रहेका सबै प्रावधानहरु यथावत राख्दै निषेधाज्ञा थप गर्ने निर्णय गरिएको हो । जसअन्तर्गत सबै किसिमका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेस्टुरेन्ट, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, संग्रहालय, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम संचालन गर्न, गराउन रोक लगाइएको छ । त्यस्तै खुला स्थानमा मानिसहरु भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज भतेर आदि गर्न÷गराउन नपाउने यसअघिको व्यवस्थालाई निरन्तरता बिज्ञप्तीमा उल्लेख  छ । 

प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update