Kath Khabar
थप ३३८३ जनामा कोभिड १९ को संक्रमण पुष्टि

काठमाडौं, साउन १९ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप ती हजार तीन सय ८३ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुबाट १० हजार छ सय ३८ नमुनाको परीक्षणमा दुुई हजार चार सय ४८ र छ हजार ८० एन्टिजेन परीक्षण गर्दा नौ सय ३५ जना सहित कुुल तीन हजार तीन सय ८३ जनामा संक्रमण पुष्टि भएको हो । 

यस अवधिमा कोभिड १९ को संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल एक हजार नौ सय ९४ जना संक्रमणमुक्त भएकाछन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा भने थप नौ सय चार जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौं जिल्लामा छ सय १३, ललितपुर जिल्लामा एक सय ७७ र भक्तपुर जिल्लामा एक सय १४ जना संक्रमितहरु थपिएको मन्त्रालयले जानकारी दिएको छ । 

प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८  १८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update