Kath Khabar
नेपाल छोड्न बाध्य नेवार समूदायका मानिसहरु हाल आफ्नो पहिचानको संरक्षणमा प्रयासरत रहेका छन्

WhatsApp-Image-2025-02-27-at-7.47.42-PM-1740725501.jpeg

WhatsApp-Image-2025-02-27-at-7.47.04-PM-1740725499.jpeg

WhatsApp-Image-2025-02-27-at-7.47.42-PM-(1)-1740725497.jpeg

काठमाडौँ, १६ फागुन | बिभिन्न कालखण्दका  बिभिन्न कारणले काठमाण्डौ तथा नेपाल छोड्न बाध्य नेवार समूदायका मानिसहरु हाल आफ्नो पहिचानको संरक्षणमा प्रयासरत रहेका छन् । भारतको पश्चिम बंगाल स्थित दार्जलिङ,  दोर्स, कालिम्पोङ तथा सिलगुरीमा रहेका नेवार समूदायया मानिसहरुलाई नेवाः देय् दबू नेपालसंगको सहकार्य तथा अखिल भारत नेवार संगठनको आयोजनामा नेपालभाषा,  धिमे बाजा,  धिमे नृत्य, चर्या नृत्य,  संस्कार एवं बिभिन्न मौलिक नेवारी परिकारको पाक शिक्षाको प्रशिक्षण दिइएको छ ।  नेपालका प्रशिक्षक सुदन मान मुनिकारको प्रशिक्षणमा २०० जना प्रशिक्षार्थीहरु प्रशिक्षित भइसकेका छन्।

ब्यापार, रोजगार  तथा राजनैतिक कारणले भारतको पश्चिम बंगालका बिभिन्न जिल्लामा नेवाःहरु पुगेका छन् । नेवाः भएर पनि आफ्नो मौलिक भाषा संस्कार संस्कृतिबाट अपरिचित भइरहेको अवस्थामा भारतको बिभिन्न स्थानमा छरिएर रहेका  नेवारहरुबीच एकता स्थापित गर्नको लागि तथा नेवाः जाति भाषा र संस्कारको सम्पनता बारे जानकारी दिन पनि प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको भनि संगठनका अध्यक्ष सूर्य नारायण प्रधानले जानकारी दिनुभएको छ । यस्ता कार्यक्रमहरुले नेपाल भित्र र बाहिर रहेका नेवा:हरुलाई भावनात्मक रुपमा पनि एक बनाउने तथा फरक बुझाइलाई सच्याउने सुदन मान मुनिकारले बताउनुभयो।

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update