Kath Khabar
पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

 

                             काठमाडौं, फागुन १९ । पूर्वयुवराज पारस शाहलाई अस्पताल भर्ना गरिएको छ । स्वास्थ्यमा समस्या आएपछि आइतबार बेलुकी थापाथलीस्थित नर्भिक अस्पतालमा शाहलाई भर्ना गरिएको हो । उनलाई मुटुसम्बन्धी समस्या देखिएको अस्पताल स्रोतले बताएको छ ।

 यसअघि तीन पटक हृदयघात भएको शाहलाई पछिल्लो पटक भदौमा पनि हृदयघात भएको थियो । अस्पताल स्रोतका अनुसार अहिले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख छ।

 

 

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update