टिकाथलीमा पानीको बोरिङ खन्दा निस्कियो आगो
ललितपुर, फागुन २० । ललितपुरको टिकाथलीमा पानीको बोरिङ खन्दा आगो निस्किएको छ । टिकाथली र चांगाथली बिचको गोदावरी खोला नजिकै पानीको बोरिङ खन्दा ३०० मिटर जमिन मुनिबाट आगो निस्किएको हो । पानी ट्यांकी राख्न माटो खनेर सकिएपछि मेशिन फिट वाईलिङ् गर्ने क्रममा एक्कासी आगो निस्किएको स्थानीयले बताएका छन् ।
भूमिगत ग्यासका कारण आगलागी भएको अधिकारीहरुले आशंका गरेका छन् । स्थानीय तथा सुरक्षाकर्मीहरुले पानी, हिलो र माटो हालेर आगो निभाउने प्रयास गरिरहे पनि आगो निभेको छैन ।स्थितिलाई नियन्त्रण गर्ने प्रयास जारी छ । यस विषयमा ललितपुर प्रहरी परिसरले सिनियर टोली पठाएर अनुसन्धान गर्ने काम भइरहेको जानकारी दिएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१ १२:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय