पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौंमा

काठमाडौं, फागुन २५ । पूर्वराजा ज्ञानेन्द्र शाह समिट एअरको चार्टर्ड विमानमार्फत केही बेरअघि काठमाडौ आइपुग्नुभएको छ । पोखराबाट हिँड्नुअघि समर्थकहरूले विमानस्थलमा उहाँलाई पञ्चेबाजासहित बिदाई गरेका थिए । विमानस्थलको द्वारमा आफ्नो गाडीमा उभिएर पूर्वराजाले हात हल्लाउदै समर्थकहरुलाई अभिनन्दन गर्नुभएको छ ।
पूर्वराजा शाहको स्वागतमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनदेखि राप्रपा नेपालका अध्यक्ष कमल थापासम्मका नेता विमानस्थल पुगेका छन् । पूर्व राजालाई स्वागत गर्न हजारौं राजा समर्थकहरू ठूलो सङ्ख्यामा स्वागत र्यालीमा सहभागी भइरहेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा हुने प्रदर्शनका कारण कुनै अप्रिय घटना नहोस् भनेर काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको छ।
प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१ १७:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय