राजाको स्वागतमा भारतका मुख्यमन्त्री योगीको फोटो प्रधानमन्त्री ओलीले नै राख्न लगाएको ज्ञानेन्द्र शाहीको आरोप
काठमाडौं, फागुन २६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो स्वयम् प्रधानमन्त्री केपी शर्मा ओलीले नै राख्न निर्देशन दिएको आरोप लगाएका छन् ।
उक्त फोटो प्रधानमन्त्री केपि ओलिको निर्देशनमा प्रधानमन्त्री ज्युका प्रमुख राजनीतिक सल्लाहकार बिस्ष्णु रिमालले राख्न लगाईएको पाएको उनले बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् -
"हिजो राजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो स्वयम् प्रधानमन्त्री केपी ओलीज्यूको निर्देशनमा प्रधानमन्त्री ज्युका प्रमुख राजनीतिक सल्लाहकार बिस्ष्णु रिमालले राख्न लगाईएको पाईएको छ । नेपाली राष्ट्रिय झन्डा सहितको स्वागत कार्यक्रमलाई असर पार्नको लागि यस्ता कुकर्म गर्न थालेछन छि छि । बिदेशीको एजेन्डामा र सिद्धान्तनमा पार्टी चलाउनेहरुको ठूलो कुरा गरेको देख्दा अचम्म लाग्छ ? माक्स ,लेलिन ,माओ कुन देशका हुन ?"
प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१ १३:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय