Kath Khabar
नेपालमा थप ४१०७ जनामा कोभिड १९ को संक्रमण पुष्टि

काठमाडौं, साउन २० । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप चार हजार एक सय सात जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुबाट कुुल १६ हजार दुुई सय ५८ जनाको स्वाब् परिक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको छ । 

यसैगरी पछिल्लो २४ घण्टामा थप ३५ जनाको कोभिड १९ को संक्रमणबाट मृत्युु भएको छ । मन्त्रालयका अनुसार यो समेत गरी नेपालमा कोभिड १९ को संक्रमणबाट मुत्यु हुुनेहरुको कुुल संख्या नौ हजार नौ सय ५७ पुुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार पाँच सय ३५ जना संक्रमणमुक्त भएकाछन् । 

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टामा थप एक हजार दुुई सय ८९ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । सो मध्ये काठमाडौ जिल्लामा नौ सय आठ जना, ललितपुर जिल्लामा एक सय ६५ जना र भक्तपुर जिल्लामा दुुई सय छ जना संक्रमितहरु भेटिएका हुुन । यो समेत गरी नेपालमा सक्रिय संक्रमितहरुको कुुल संख्या ३३ हजार चार सय ६४ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।     

प्रकाशित मिति: बुधबार, साउन २०, २०७८  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update