राष्ट्र बैंकको सञ्चालकमा मरासिनी नियुक्त
काठमाडौं, साउन २० । नेपाल राष्ट्र बैंकको सञ्चालकमा अर्थ सचिव मधुकुमार मरासिनी नियुक्त हुनुभएको छ । नेपाल सरकारको प्रतिनिधित्व गर्दै राष्ट्र बैंकको सञ्चालकमा बुधबार मरासिनी नियुक्त हुनु भएको हो ।
तत्कालिन अर्थ सचिव शिशिरकुमार ढुंगाना राष्ट्र बैंकको सञ्चालक रहेकोमा ढुंगानाको अर्थमन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा सरुवा भएपछि मरासिनी अर्थसचिवको रुपमा सञ्चालक बन्नुभएको हो । सञ्चालक नियुक्त हुनुभएका मरासिनीले आज बुधबार नै सर्वोच्च अदालतका न्यायधीश तेजबहादुर के.सी.समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
प्रकाशित मिति: बुधबार, साउन २०, २०७८ १८:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय