Kath khabar
ओपोद्वारा नेपालमा ३३ वाट फ्ल्याश चार्ज सुसज्जित एफ १९ को विक्री आरम्भ

काठमाडौ, बैशाख ७  । वैश्विक स्तरमै अग्रणी स्मार्ट उपकरण ब्राण्ड, ओपोले नेपालमा एफ १९ को विक्रि आरम्भ गरेको छ । एफ १९ को डिजाइन विशेषगरी उच्च गुणस्तरिय स्मार्टफोनका साथै आकर्षक डिजाइन मनपराउने “ट्रेण्डसेटिङ्ग” पुस्तालाई ध्यानमा राखि गरिएको हो । एफ १९ मा ब्रिलियन्ट स्क्रिन, उच्च कोटीको परफरमेन्सका साथै कम्पनीले आकर्षक डिजाइन पनि दिएको छ । यसको विकास गरिंदा प्रयोगकर्ताले फोनको दैनिक प्रयोग गर्दा ब्याट्रीका कारण कुनै समस्या झेल्न नपरोस् भन्नुका साथै छरितो चार्जिङ मार्फत चार्जिङकै लागि धेरै समय खर्चिन नपरोस् भन्नेतिर पनि विशेष ध्यान दिइएको छ ।
“एफसिरिजको डिजाइन आफ्नो दैनिक आवश्यता पुर्तिका साथै जीवनमा सहजता प्रदान गर्ने प्रविधि सहितको ट्रेण्डी स्मार्टफोन चाहने उपभोक्ताहरुका लागि गरिएको हो । दिनभर फोनको प्रयोग, विनाकुनै रुकावट गर्न सकियोस् भन्ने सोचका साथ यसमा ३३ वाट फ्ल्याश चार्ज सुविधा सहितको ५ हजार एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ । साथै, उपभोक्ताका आँखालाई नकारात्मक किरणबाट जोगाउने प्रविधिका साथमा उत्कृष्ट एमोलेड एफएचडी प्लस पञ्च होल डिस्प्ले, त्यो पनि पातलो बडी डिजाइनका साथमा दिइएको छ । ओपो एफ १९ ले डिजाइन र प्रविधिका क्षेत्रमा सन्तुलित परफरमेन्स दिन्छ । विशेषगरी आफ्नो क्यारियरको सुरुवाती अवस्थामा रहेका यूवावर्ग माझ यो फोन निकै लोकप्रिय हुनेमा हामी विश्वस्त छौँ ”, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भन्नुभयो ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update