Kath Khabar
दमौलीमा वरिष्ठ प्रहरी हवल्दार मृत फेला

                   दमौली (तनहुँ), चैत ४ । दमौलीको ऋषिङ प्रहरी चौकीका वरिष्ठ हवल्दार ओमबहादुर विक मृतावस्थामा फेला परेका छन् । रुपन्देही घर भई ऋषिङमा कार्यरत ४३ वर्षीय विक आज बिहान चौकी नजिकैको बेलौतीको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

निज लामो समयदेखि मानिसक रूपमा बिरामी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । उहॉले भन्नुभयो, “यस विषयमा थप अनुसन्धान भइरहेको छ ।” (RSS)
---

 

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update