Kath Khabar
राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ


                      काठमाडौं, चैत ६ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काकाका लागि नेपालका नवनियुक्त आवासीय राजदूत पूर्णबहादुर नेपालीले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।  

त्यस अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको  उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
---

 

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १४:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update