Kath Khabar
अदालतको आदेशविरुद्ध रवि लामिछानेले उच्च अदालत पाटनमा गराए निवेदन दर्ता

                        काठमाडौं, चैत ८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी मुद्दा सम्बन्धी काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दायर गरेका छन् ।

स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले  दिएको धरौटी माग आदेशविरुद्ध पुनरावेदन दर्ता गर्न उनी अदालत गएका हुन् । माघ २ गते जिल्ला अदालतले उनलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर, उक्त आदेशप्रति असहमति जनाउँदै लामिछाने निवेदन दायर गरेका हुन् ।

 

 

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update