सिद्धानेखर्कमा चट्याङ लागेर ४० भेडा मरे

किमाथाङ्का (सङ्खुवासभा), चैत १० । सङ्खुवासभाको मकालु गाउँपालिका–३ सिद्धानेखर्कमा चट्याङ लागेर ४० भेडा मरेका छन् ।
शुक्रबार राति मकालु–३ सिम्माका टेकबहादुर मेघीको भेडीगोठमा चट्याङ लागेर ४० वटा भेडा मरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिनुभयो । गोठमा रहेका दुई सय ५० भेडा रहेका थिए ।
इलाका प्रहरी कार्यालय हेदाङनामार्फत घटनाको थप जानकारी लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
–––
प्रकाशित मिति: आइतबार, चैत १०, २०८१ ११:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय