भक्तपुरको बोडेमा एक पुरूष मृत भेटिए

भक्तपुर, चैत १० । भक्तपुरको बोडेमा एक जना पुरूष मृत भेटिएका छन् । मध्यपुर ठिमी नगरपालिका-९ बोडे निलबाराहीस्थित पिकनिक स्पटको पार्किङमा एक पुरूष मृत फेला परेका हुन् ।
मृत भेटिनेमा खोटाङ केपिलासगढी गाउँपालिका-२ घर भई बोडे बस्ने ६६ वर्षीय ओमप्रकाश राईको शव फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
उनी कवाडी सामान टिप्ने व्यक्ति रहेको बताइएको छ । प्रहरीका अनुसार घटना शंकास्पद छ । उनको टाउको र कानको छेउमा चोट लागेको र घटनास्थल नजिकैबाट रगत लागेको ढुंगा बरामद भएकोले ढुंगाले हानेर हत्या भएको हुनसक्ने प्रहरीले बताएको छ ।
शव पोस्टमार्टमा लागि दुवाकोटस्थित केएमसी अपस्ताल पठाइएको छ भने प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ ।
प्रकाशित मिति: आइतबार, चैत १०, २०८१ १३:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय