Kath Khabar
पाँच दिनदेखि बेपत्ता भारतीय युवक कालीगण्डकीमा मृत फेला

                   तानसेन (पाल्पा), चैत १० । पाँच दिनदेखि बेपत्ता भारतीय युवक कालीगण्डकी नदीमा मृत फेला परेका छन् । पाल्पाको बगनासकाली गाउँपालिका–५, राम्दीस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा बेपत्ता भएका भारतको उत्तरप्रदेशको गोरखपुरका २५ वर्षीय शिवम पाण्डेय आज मृत फेला परेका हुन ।

गत बुधबार दिउँसो नुहाउने क्रममा पाण्डेय बेपत्ता भएका थिए । उनको शव राम्दी घाटदेखि झण्डै एक किलोमिटर टाढा बग्दै गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।

पोखराबाट घुमेर घर फर्किने क्रममा पाण्डेसहित चारजना कालीगण्डकीमा नुहाउन गएका थिए । सो क्रममा पाण्डेय डुबेर बेपत्ता भएको प्रहरी नायब उपरीक्षक मल्लले बताउनुभयो ।  
–––

 

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update