Kath Khabar
विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमानलाई हटाइयो, हितेन्द्रदेव शाक्य नियुक्त

                      काठमाडौं, चैत ११ । सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ ।  नेपाल विद्युत प्राधिकरणको कार्यकारी नयाँ निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । 

आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले निर्देशक कुलमान घिसिङलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको  हो ।  घिसिङ दोस्रो पटक २५ साउन २०७८ मा कार्यकारी निर्देशक नियुक्त भएका थिए ।

 

 

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  २१:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update